काठमाडौं । कात्तिक महिनामा बैंकको ब्याजदर नबढ्ने भएको छ । बाणिज्य बैंकका सिईओहरुको छाता संस्था बैंकर्स संघको अनौपचारिक छलफलमा कात्तिक महिनामा ब्याजदर नबढाउने मत बलियो देखिएको हो ।
‘बैंकको ब्याजदरमा स्थायित्व कायम हुनुपर्छ भन्ने हिसाबले अनौपचारिक छलफल भएको छ, सायद ब्याजदर नबढ्ने निर्णय हुन सक्छ’, बाणिज्य बैंकका एक सिईओले सिंहदरबारसँग भने ।
ब्याजदरका बिषयलाई लिएर बैंकहरुमाथि चौतर्फी घेराबन्दी भैरहेको र स्वयं अर्थमन्त्रीले नै पनि ब्याजदर वृद्धि प्रति चासो देखाएकाले पुनः एक महिनासम्म ब्याजदरलाई नचलाउने गरि छलफल अघि बढेको पनि ति सिईओले दावी गरे । ‘प्रणालीमा स्थायीत्व आवश्यक छ, मास सेन्टिमेन्ट पनि ब्याजदर बढ्न हुन्न भन्नेमै देखिन्छ, त्यसैले कात्तिकमा अहिलेकै ब्याजदरको सिमा कायम हुने सम्भावना छ’, ति सिईओले भने ।
उता, बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने अहिले नै ब्याजदर बढाउने वा के गर्ने भन्ने निर्णय नभएको बताए । ‘अझै केहि बाँकी नै छ, औपचारिक छलफल भएकै छैन्’, सिईओ केसीले भने । असोज महिना नै करिब एक हप्ता बाँकी रहेकाले केहि दिनको परिस्थिति हेरेर छलफल गरि निर्णयमा पुगिने स्पष्ट पारे । ‘हामी अझै केहि दिन पर्खन्छौं, त्यसपछिको परिस्थिति हेरेर थप निर्णय हुन्छ, अहिले केहि भन्न सकिने अवस्था छैन्’, एनएमबि बैंकका सिईओ समेत रहेका संघका उपाध्यक्ष केसीले भने ।
प्रतिक्रिया दिनुहोस्