Shikhar Insurance
National Life

ब्रोकर लाइसेन्सको सिफारिस माग्दै १५ कम्पनी नेप्सेमा, ७ बैंक सहित यी हुन् लगानीकर्ता

सिंहदरबार संवाददाता
२०७९ आश्विन २६, बुधबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ ब्रोकर कम्पनी खोल्छु भन्दै दर्जन बढी कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिफारिस माग्दै पुगेका छन् । बुधबार कार्यालय समयसम्म ७ बैंक सहित १५ नयाँ ब्रोकर कम्पनी नेप्सेमा दर्ता भएका हुन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो । नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ । सोही व्यवस्थाको पालना गर्दै नयाँ ब्रोकर कम्पनी खोल्न चाहने लगानीकर्ताहरु अहिले धमाधम नेप्सेमा सिफरिसको लागि दर्ता भइरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एलिट स्टक हाउस, जेबीएनएल सेक्युरुटिज, प्रोपटी वीजर्ड, पाही इन्भेष्मेन्ट, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआइसी एशिया सेक्युरिटिज, हिमालयन ब्रोकरेज, इफिनिटि सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, कलश स्टक मार्केट, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, र मियो सेक्युरिटिज कम्पनीले बोर्डमा आवेदन दिन सिफारिस दर्ता भएको नेप्सेले जानकारी दिएको छ ।

यी कम्पनीहरुले आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिने समय अब ४ दिनमात्रै बाँकी छ । यसबीचमा नेप्सेले आवश्यक लागेको योग्य कम्पनीहरुलाई मात्रै आवेदनको सिफारिस गरेका कम्पनीहरुले बोर्डमा आवेदन दिन पाउँछन् । हालसम्म बोर्डमा आवेदन दिनको लागि कुनै पनि कम्पनीलाई सिफारिस नगरिएको नेप्सेका सीईओ कार्की बताउँछन् ।

‘अहिलेसम्म हामीले कुनै पनि कम्पनीलाई लाइसेन्सको लागि बोर्डमा सिफारिस पठाएका छैनौं,’ नेप्से सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘दशैँ अघिदेखि नै सिफारिसका लागि कम्पनीहरु दर्ता हुन आएका हुन्, ती कम्पनीहरु नै सिफारिसको प्रक्रियामा छन्, एक मुष्ट सिफारिस पठाउछौं ।’

तर, हिमालयन ब्रोकरेजले नेप्सेबाट सिफारिस नलिएरै बोर्डमा लाइसेन्सको लागि आवेदन पेश गरेको उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीलाई बोर्डमा लाइसेन्सको आवेदन पेश गर्न अघि ती कम्पनीहरुको योग्यता, कार्ययोजना लगायतका आवश्यक मापदण्ड पुरा गर्ने कम्पनीहरु मात्रै नेप्सेले बोर्ड पठाउने छ । भने बोर्डले ती नै कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स वितरण गर्ने कार्यविधिमा उल्लेख छ ।

नेप्सेमा हालसम्म ७ बैंक सहित १७ जना लगानीकर्ताले १६ वटा ब्रोकर कम्पनी दर्ता गराएका हुन् । जसमा एलिट स्टक हाउसमा सन्दिप प्रसाद मिश्र, जेबीएनएल सेक्युरिटिजमा विश्व सुवेदी, प्रोपटी वीजर्डमा हरी प्रसाद वाग्ले, पाही इन्भेष्मेन्टमा दुर्गानन्द यादव, इन्डेक्स सेक्युरिटिजमा दिनेश अर्याल, मेगा स्टक मार्केटमा रमेश खड्का, एनआइसी एशिया सेक्युरिटिजमा रोजन आचार्य, हिमालयन ब्रोकरेजमा सागर ढकाल, इफिनिटि सेक्युरिटिजमा योगिता दाहाल, सेयर प्रो सेक्युरिटिजमा श्यामसुन्दर कयाल, माछापुच्छ्रे सेक्युरिटिजमा गणेश थापा, कलश स्टक मार्केटमा सालिकराम अधिकारी, एनएमबि सेक्युरिटिज–सुदेश उपाध्यय, मियो सेक्युरिटिजमा आशिष रानाभाट, केबीएल सेक्युरिटिजमा अस्विनबाबु श्रेष्ठ र अमिश ताम्रकारको अगुवाई लगानी रहेको छ ।

बोर्डले ब्रोकर कम्पनीको लागि आवेदन दिन दिएको समय यही असोज ३१ गते समाप्त हुँदैछ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्