काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिटीजन इन्भेष्टमेण्ट ट्रस्टको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बोनस सेयर आज (असोज २६ गते बुधबार) नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ९८ लाख १० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्