Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन २५, मंगलवार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरीदका लागि इच्छुक जोकोही (व्यक्ति तथा संस्था)ले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सो सेयर संस्थापक सेयरधनीहरुमा बिक्रीका लागि यसभन्दा अगाडीनै ३५ दिने सूचना जारी गरेको थियो । उक्त समयअवधिमा संस्थापक सेयरधीहरुबाट प्रयाप्त आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयर खरिद गर्न चाहाने व्यक्ति तथा संस्थाले अब १५ दिनभित्र आवेदन दिनु पर्ने छ।

सेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्