काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा ग्रोथ फण्डको इकाई बिक्री खुल्ला गरिने भएको छ । फण्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । सो इकाई कात्तिक १६ गतेदेखि बिक्री खुला हुनेछ ।
सानिमा ग्रोथ फन्डले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको कुल १२ करोड इकाई जारी गर्ने लागेको हो । बिक्री खुल्ला गरेको सो इकाई मध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याएको छ । यस्तै, २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलको हिस्सा हो । भने, बाँकी १० करोड २० लाख इकाईकमा लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस योजनामा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिनु पर्नेछ । भने सो समयअवधिमा पर्याप्त आवेदन नपरेमा कात्तिक ३० गतेसम्म आवेदन लम्बिने छ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
यस इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १ करोड २० लाख इकाईका लागि दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्