काठमाडौं । एमाले नेता प्रभु साहले पार्टी छाडेका छन् । उनले पार्टी छोडेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । साहले विभिन्न पार्टीबाट एमालेमा ल्याइएका कार्यकर्तालाई टिकट नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साहले सत्ताका लागि जे पनि गर्ने पार्टीबाट भन्दा स्वतन्त्र उम्मेदवार बन्दा ठिक हुने देखेर यस्तो निर्णय गरेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्