काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार बनेका अध्यक्ष नेपालले आइतबार मध्यान्ह उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारी दर्ताका लागि गठबन्धन आवद्ध काँग्रेस, एमाले, माओवादी र लोसपाका नेताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
अध्यक्ष नेपालले यसपाली रौतहट क्षेत्र नम्बर १ बाट सर्वाधिक मतान्तर सहित निर्वाचन जित्ने दावी छ । सो क्षेत्रमा एकिकृत समाजवादी पहिलो दलका रुपमा रहेको छ भने दोश्रोमा नेपाली काँग्रेस रहेको छ । माओवादी र लोसपाको समेत साथ पाएका नेपालले सर्वाधिकत मतान्तरमा निर्वाचन जितेर रेकर्ड कायम गर्ने एकिकृत समाजवादी रौतहटका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्