Shikhar Insurance
National Life

चितवन १-पूर्व अर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेल भिड्दै, जसले जिते नि अर्थमन्त्री पक्का

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वी चितवन समेटिएको क्षेत्र न १ को निर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेले पूर्व अर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ भने काँग्रेसले अर्थशास्त्री डा. विश्व पौडेललाई उम्मेदवार बनाएको छ । डा. पौडेलले योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा गरेर चुनाव लड्दैछन् ।

दुबै जनालाई भावी सरकारको अर्थमन्त्रीका रुपमा हेरिएको छ । एमाले उपाध्यक्ष पाण्डेले केपी ओली समुहका जेएन थपलियालाई पछि पार्दै टिकट सुरक्षित गरेका हुन् । यता, डा. पौडेलले पनि योजना आयोगकै पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई पछि पार्दै टिकट लिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मिल्ने साथी भए पनि डा. वाग्ले र डा. पौडेलले टिकटका लागि सकेको प्रयास गरेका थिए । तर काँग्रेस सभापति शेर बहादुर देउवासँग निकट रहेका पौडेलले टिकट हात पारे भने महामन्त्री गगन थापासँग निकट सम्बन्ध बनाएका डा. वाग्ले भने टिकटबाट बञ्चित भए । यसपाली जसले टिकट लिन्छ उही नेता बन्नेछ भन्ने चर्चाका बीच डा. पौडेलले बाजी मारेका हुन् । टिकट पाउनेले जित्ने र जितेपछि भावी सरकारमा अर्थमन्त्री बन्ने दुबैको तयारी थियो ।

उता, यस अघि नै अर्थमन्त्री भैसकेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि अन्तिममा टिकट प्राप्त गर्न सफल भए । केपी ओलीका भेट्रान कार्यकर्ता जेएन थपलियालाई पछि पार्दै पाण्डेले टिकट सुरक्षित गरेका हुन् । एमाले भित्र १० बुँदे पक्षधर रहेका पाण्डेको टिकट अनिश्चित रहेको हल्लाका बीच उनले टिकट लिन सफल भए । कथंकदाचित एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएमा पाण्डेलाई अर्थमन्त्रीको दावेदार मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्