Skip to content
Shikhar Insurance
National Life

एकीकृत समाजवादीले टुङग्यायाे उम्मेदवार, को कहाँ उठ्दैछन् कलम छाप ?

Hyundai
NCELL
NIMB

काठमाडौं । समाजवादीले आफ्नो भागमा परेको प्रतिनिधि सभाको उम्मेदवार टुंगो लगाएको छ । पार्टीका अधिकान्स प्रभाबशाली नेताहरुले टिकट पाएका छन् । पार्टी अध्यक्ष माधब नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उप महासचिवहरु जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, सचिब राम कुमारी झाक्री, नेताहरु सोम पाण्डे, मेटमणि चौधरी लगाएतले गठबन्धनबाट टिकट सुनिश्चित गरेका हुन ।                  जस अनुसार समाजवादीका समानित नेता झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।                                                                   त्यस्तै, कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने छन् । प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्