Skip to content
Shikhar Insurance
National Life

मञ्जुश्री फाईनान्सको २७ औं शाखा कार्यालय कुमारीपाटीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुरको कुमारीपाटीमा २७ औं शाखा कार्यालय स्थापना गरेको छ । कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले नयाँ शाखाको संयुक्त उद्घाटन गरेका हुन् ।

कम्पनीले २०७९ साल भदौ मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको छ । राष्ट्रिय स्तरको फाईनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरि १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्