काठमाडौं । नेकपा(एमाले)भित्र १० भाई समुहका नामले परिचित नेताहरुले अध्यक्ष केपी ओलीसँग माफी नमागेसम्म टिकट नै नपाउने भएका छन् । एमाले अध्यक्ष ओली र उनको समुहले १० भाईलाई माफी मागेपछि मात्रै मंसिर ४ गतेको निर्वाचनमा टिकट दिने अडान राखेका हुन् । आफुलाई प्रधानमन्त्रीबाट हटाउन हस्ताक्षर गरेका १० भाई समुहका नेताहरुले माफी माग्नुपर्ने औपचारिक अडान अध्यक्ष केपी ओलीले नेतासमक्ष राखिसकेका छन् । उनले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई आत्मालोचना नगराई टिकट दिँदा पुनः त्यस्तै दिन आउन सक्ने भन्दै माफी माग्नुपर्ने सर्त राखेका हुन् ।
ओलीको सर्तले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्धय गोकर्ण बिष्ट र योगेश भट्टराई, नेता भिम रावल, भिम आचार्य लगायतका नेताहरुको टिकट अन्यौलमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्