काठमाडौं । इष्टर्न हाइड्रोपावरकम्पनीको आईपीओ असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६ लाख २० हजार कित्ताआईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले हाल बाँकी रहेको ५० हजार ३१० कित्ता आईपीओ सहित गरी ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको निष्काशन गर्ने लागेको सो आईपीओ मध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता आईपीओ कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता आईपीओका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको अईपीओ निष्काशन बन्द छिटोमा कात्तिक १ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद कात्तिक १४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्