Shikhar Insurance
National Life

लाइसेन्स माग्दै सात वटा लघुबीमा कम्पनी समितिमा, कम्पनीको नाम सहित

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । आवेदन खुलाएको ३३ दिनपछि ७ वटा लघुबीमा कम्पनीले आवेदन दिएका छन् । समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो । जसमा इच्छुक योग्य आवेदकले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दिइएको समयसीमा समाप्त हुन २ दिनमात्रै बाँकी रहँदा ७ वटा कम्पनीले आवेदन दिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार समितिमा मंगतबार कार्यालय समयसम्म नियाे लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन दिएका हुन् ।

समितिमा यसअघि नै १३ वटा कम्पनी लघुबीमाको लाइसेन्स माग गर्दै दर्ता भएका थिए । जसमा अभियान लघुबीमा, अन्नपूर्ण लघु बीमा, मुक्तिनाथ लघु बीमा, हब लघु बीमा, उन्नती लघु बीमा, उपकार लघु बीमा, बेस्ट लघु बीमा, लुम्बिनी लघु बीमा, माछापुच्छ्रे लघु बीमा, जेन्युन लघु बीमा, नेश्डो लघु बीमा, साइन रेशुङगां लघु र पायनियर लघु बीमा बीमाको नाममा कम्पनी सञ्चालनमा ल्याउने भन्दै लाइसेन्सका लागि दर्ता भएका हुन् ।

पुराना दर्ता खारेज गरी समितिले नयाँ आवेदन माग गरेको हो । यसअघि नै कम्पनी दर्ता गराउने अधिकांश लगानीकर्ताहरुले यस पटक आवेदन दिएको पाइन्दैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्