Shikhar Insurance
National Life

एक सातामै वाणिज्य बैंकमा २६ अर्ब बढी निक्षेप थप, ८७.२१% सीडी कायम गरी ४ अर्ब कर्जा प्रवाह

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । एक सातामै वाणिज्य बैंकहरुले २६ अर्ब रुपैयाँ निक्षेप थप गरेका छन् । गत भदौ मसान्तयता असोजको ७ गतेसम्म वाणिज्य बैंकहरुले २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका हुन् ।

सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत कायम छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्