काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट सेयरधनीमा लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने भएको हो ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफा सेयरधनी वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको उल्लेख गरेको छ ।
सञ्चालक समितिको निर्णयमा ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रिया अगाडी बढिरहेको हुँदा कम्पनीले उल्लेखित आवको वितरण योग्य नाफा सेयरधनीलाई वितरण नगरी जगेडा कोषमा राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्