काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आज (असोज ११ गते) बाँडफाँड भएको छ । कम्पनीले भदौ २९ गते सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो। कम्पनीको आइपीओ माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिएको कम्पनीले जनाएको छ ।
मंगलबार बाँडफाँट भएको १ लाख ५ हजामर ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७ सय ३७ जना आवेदकको हात खाली भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर लागि आवेदन परेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्