Shikhar Insurance
National Life

कुमारी र एनसीसी मर्जरमा, नाम कुमारी, सिईओ एनसीसीलाई, स्वाप रेसियाे १:१

सिंहदरबार संवाददाता
२०७९ आश्विन १०, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं ।  कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ । राजधानीको मेरियट होटलमा आयोजीत कार्यक्रममा दुबै बैंकका सञ्चालकहरुले समान हैसियतमा(१ः१)को स्वाप रेसियामा मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि कुमारी बैंकका नामबाट एकिकृत कारोबार हुनेछ । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार अर्यालले सिईओको जिम्मेवारी सम्हाल्नेछन् भने कुमारीका रामचन्द्र खनालले बरिष्ठ डेपुटी सिईओको जिम्मेवारी सम्हाल्नेछन् । दुबै बैंकबाट ३/३ जना सञ्चलक रहनेछन् भने एक जना विज्ञ सञ्चालक रहने समझदारी बनेको कुमारी बैंकका सिईओ रामचन्द्र खनालले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई बैंक मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

कुमारी बैंकले १९८ शाखा कार्यालय, २६ वटा एक्सटेन्सन काउन्टर र ५३ वटा ब्राञ्चलेश बैंकिङ मार्फत वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । एनसीसी बैंकको १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्