काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार घटेको छ । केहि समयदेखि निरन्तर रुपमा घटिरहेको सेयर बजार आइतबार पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक २३.८३ अंकले घटेर १,८१५.१३ को विन्दुमा आइपुगेको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८३ अंकले घटेर ३५५.६० को विन्दुमा बन्द भएको छ ।
यसदिन २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १३ कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा लक्ष्मि बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २६ करोड २ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरि, नबील बैंकको ४ करोड २९ लाख ७८ हजार, रिडी पावर कम्पनीको ३ करोड ४९ लाख ८२ हजार, नेपाल इन्फ्रइन्टक्चर बैंकको २ करोड ५९ लाख ४० हजार र अरुण काबेली पावर कम्पनीको २ करोड २३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अभियान लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । नबील इक्वीटी फन्डको मूल्य २.९४ प्रतिशतले बढेको छ । भने, तेह्थुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.९० प्रतिशतले घटेको छ ।
समूहगत उपसूचकहरु सबै राताम्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्