काठमाडौं । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा डाकिएको छ । साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने छन् । कम्पनीले असोज २७ गते बुक क्लोज गर्ने भनेको छ । असोज २६ गतेसम्म कायम रहेका सेयरधनीहरुले बोनस सेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्