Shikhar Insurance
National Life

यामाहाको नयाँ शोरुम  अब बत्तीसपुतली काठमाडौँमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ८, शनिबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । बिश्व प्रचित साथै नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले काठमाडौं स्थित बत्तीसपुतलीमा आफ््नो नयाँ डिलरको स्थापना गरेको छ । बत्तिस पुतलीको नयाँ शोरुमसँगै अब यामाहाका देशभर शोरुम संख्या १०९ वटा पुगेको छ । यामाहाले आफ्ना सबै शाखाहरुबाट विश्वस्तरिय सेवाहरु दिँदै आएको छ ।

यामाहाले देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौँदेखि सेवा प्रदान गर्दै आएको छ । बत्तीसपुतली शोरुम देखि सकेसम्म धेरै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन हुने कम्पनीले विश्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिगत एक बर्ष देखि सञ्चालनमा आएकोे यस नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि “एफअई स्टेसन” मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिरहेको छ । साथै यहाँदेखि सेल्स, सर्विस र स्पर्स पार्ट्सका सेवाहरू पुर्ण गुणष्तरका साथ लिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्