Shikhar Insurance
National Life

एक डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नुपर्ने, इतिहासमै सबैभन्दा कमजोर नेपाली मुद्रा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य असोज ७ गते शुक्रबार नयाँ रेकर्ड कायम गरेको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार अब १ अमेरिकी डलर साट्न १ सय २९ रुपैयाँ ६८ पैसा नेपाली मुद्रा खर्च गर्नुपर्छ । यो हालसम्मकै नेपाली मुद्रा सबैभन्दा कमजोर भएको हो । नेपाली मुद्रा भारतीय मुद्रामा निरभर छ । भारतीय मुद्रा अन्तर्राष्ट्रिय मुद्रा बजारमा कमजोर भएसँगै नेपाली मुद्रा पनि कमजोर भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन अर्थात बिहीबार अमेरिकी डलरको मूल्य १ सय २८ रुपैयाँ २७ पैसा थियो । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन डलरको मूल्य १ रुपैयाँ ४१ पैसाले बढेको हो ।

यसभन्दा अघि डरलको मूल्य गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन अमेरिकी डलरको मूल्य १२८ रुपैयाँ २९ पैसा पुगेको थियो । अहिले डलरको मुल्य पुनः सो विन्दु भन्दा माथि पुगेको हो । अब नेपालमा आयातीत वस्त तथा सेवा अझै मंहगिँदै जाने प्रष्ट छ ।

हाल अमेरीका र चीनमा बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको जानकारहरु बताउँछन् । पछिल्लो समय धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको माग बढ्दा डलरको मूल्य बढ्न गएको हो ।

यस्तो छन् आजको विदेशी सिवनिमय दरः

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्