गोरखा । अर्थ मन्त्रि जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकाेट र आधुनिक पालुङ्टारलाइ जाेडेर राजनैतिक इतिहास सहितकाे पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका हुन ।
पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । “स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।” उनले अहिले देशलाई उत्पादनसँग जाेडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
“नजिकै नदि बगिरहेकाे छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनाैँ, याे पानीलाइ टारमा ल्याउने याेजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेकाे छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुराेध गर्दछु”- मन्त्री शर्माले पालुङ्ग्टारमा उपस्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए ।
देशमा एउटा पनि मल कारखाना नभएकाे र जापानिज कम्पनीले मल कारखाना खाेल्न चासाे राखेकाले भूगाेल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेकाे उनले बताए । नेपालको मध्य पहाडी लाेकमार्ग पालुङ्टार भएर अघि बढेकाे बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराए ।
सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकाेले गठबन्धन दलका कार्यकर्ताले आफुलाई याे चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए । यो गठबन्धन कसैलाई साँसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए ।
सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेकाे आवश्यकता रहेकाे बताउदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियाे भनेर भन्न पाउनु सँघीयताकाे उपलब्धि भएकाे पनि उनले बताए । सँघीय लाेकतान्त्रिक व्यवस्थाकाे अस्थित्व भनेकाे राजनैतिक पार्टीहरुकाे अस्थित्व रहेकाे बिचार व्यक्त गर्दै उनले जोड दिए ।- “सँघ, प्रदेश र स्थानीय सरकार जनताकाे सेवक हाे शासक हाेइन।”
सरकारले लिएकाे राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउदै उनले केही तरलताकाे अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उनले बताए । बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै वैँकले दिने गरेकाे व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।
दाेस्राे लिगलिग पालुङ्टार महाेत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउसो पालुङ्टार आएका हुन । लिगलिग पालुङ्टार उद्याेग वाणिज्य सँघ गाेरखाकाे आयाेजनामा भैरहेको महाेत्सव भदौ ११ गते सम्म चल्ने आयाेजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।
प्रतिक्रिया दिनुहोस्