Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकमा हजार राख्दा लाख, लाख राखे करोड पाइने धमाका, बिभिन्न सेवामा छुट पनि

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ । बैंकले असोज १ गतेदेखि लागुूहुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो । अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन् ।

साथै वडादशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सिआरएन, लकर सेवामा विशेष छुट प्रदान गरेको छ ।

सेवा प्राप्तीका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE