काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ८ सय ३७ दशमलव ६० मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर ३ सय ५८ दशमलब ८७ मा सीमित भएको छ । कूल २ सय ३१ कम्पनीको ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर ५ करोड ३५ लाख १३ हजार ७ सय ४९, नवील बैंक ४ करोड ७३ लाख ६५ हजार १ सय ८०, अरुण काबेली पावर ३ करोड २६ लाख २ हजार ७ सय ५८ र अपि पावर कम्पनी ३ करोड भार लाख ३७ हजार ५ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त ३ दशमलव ९२, एनएमबी–५० ३ दशमलव ८७, आर्दश लघुवित्त २, तेह्रथुम पावर कम्पनी १ दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले १ दशमलव ३८ प्रतिशतले कमाएका छन् ।
यस्तै कालिका पावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर ८ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक ७ दशमलव ९४, समृद्धि फाइनान्स ६ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्