विश्व अर्थतन्त्र मन्दिले घेरिने भविष्यबाणी गर्ने अर्थशास्त्रीहरुको सूचि लामै भैसकेको छ । र अब विश्व बैंकको एक रिपोर्टले पनि त्यसलाई थप बलियो बनाइदिएको छ । रिपोर्टका अनुसार संसारभरका केन्द्रिय बैंकहरुले ब्याजदर तिब्रगतिमा वृद्धि गरिरहेका छन् । जसका कारण सन २०२३ मा विश्व अर्थतन्त्रमा मन्दि आउन सक्छ । सम्भावित मन्दिका कारण बिशेषगरि रोजगारीमा रहेका व्यक्तिहरुमा बिशेष प्रकारको डर उत्पन्न भएको छ किनकी उनीहरुको मष्तिस्कमा कोभिडका कारण भोगेको सास्ती अझै हटेको छैन् । आर्थिक प्याकेजका नाममा अधिक खर्च, कोभिड प्रतिबन्धका कारण चिनमा सप्लाई चेनको क्षति, युक्रेनमा रुसी हमलाले डिजेल पेट्रोलको मूल्यमा भारी वृद्धि तथा खाद्यान्नको मूल्यले पनि शिखर चढिरहेको छ ।
अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भदेखि लिएर बैंक अफ इङल्याण्ड, जापानी केन्द्रिय बैंकले मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न ब्याजदर बढाउने तयारी गरेका छन् । चिनियाँ केन्द्रिय बैंकले ब्याजदर बढाउने तयारी त गरेको छैन् तर ब्याजदर घटाउन भने रोक लगाईसकेको छ । ब्याजदर वृद्धि हुँदा कम्पनी तथा आम उपभोक्ताहरुका लागि कर्जा महंगो पर्छ । जसले गर्दा कम्पनीहरु आफ्नो विस्तार रोक्न बाध्य हुन्छन् र आम उपभोक्ताले पनि उपभोग कम गर्न थाल्दछन् । जसले गर्दा बजारमा माग घट्न जान्छ र आर्थिक गतिबिधीमा कमि आउँछ । यसले अर्थतन्त्रमा मन्दिमा फस्ने खतरा बढ्ने हुन्छ । आर्थिक गतिबिधि कम भएपछि सबै भन्दा ठूलो मारमा भने रोजगारीमा आवद्ध मानिसहरु पर्छन् ।
जागिरेहरुमा के को डर ?
विश्व अर्थव्यवस्थामामा देखिएका घट्नाक्रमहरुले रोजगारीमा रहेका नागरिकहरुमा त्यस्तो रोजगारी गुम्ने डर उत्पन्न भैसकेको छ । पछिल्लो हप्ता विश्व बैंकले एक रिपोर्ट जारी गर्दै विश्व अर्थतन्त्रमा रिकभरीपछि सबै भन्दा ठूलो गिरावट देखिएको बताईदिएको छ । त्यस्तो गिरावट सन १९७० पछिको सबै भन्दा ठूलो गिरावट हो । रिपोर्ट अनुसार संसारका ठूला तीन अर्थतन्त्र अमेरिका–चिन र युरोपियन अर्थतन्त्रमा भारी गिरावट देखिईसकेको छ ।
रिपोर्टमा भनिएको छ की यहि अवस्थामा विश्व अर्थतन्त्रमा आउने सानो हलचलले पनि मन्दिको खाडलमा धकेल्न सक्छ । बीबीसी रिपोर्टका अनुसार संसारका ठूलो डेलिभरी कम्पनी फेडेक्सले आफ्नो प्याकेज डेलिभरीमा भारी कमि आएको बताईसकेको छ । कम्पनीले लगानीकर्ताहरुलाई एसिया र युरोपमा अझ भयाबह अवस्थाा आउने बताएको छ । करोडौं डलर घाटामा जान थालेपछि कम्पनीको सेयर मूल्य पनि २० प्रतिशतले घटिसकेको छ । फेडेक्स मात्रै नभएर अमेजन। डोएच पोष्ट र रोयल मेल जस्ता डेलिभरी कम्पनीले आफ्नो सेवा कटौती थालिसकेका छन् । उनीहरुले आफ्ना दर्जनौं केन्द्रहरु बन्द गर्ने तयारी गरेका छन् जसले सैयौं कर्मचारीहरुको रोजगारीमा तरबार झुन्ड्याईदिएको छ ।
रोजगारीमा झुण्डिएको तरबार
आईएलओको एक रिपोर्टका अनुसार कोभिड भन्दा पहिले संसारभर २५ करोेड भन्दा बढि नागरिकको फुल टाईम जागिर गुमेको थियो । विश्व अर्थतन्त्रमा अहिले जे अवस्था उत्पन्न भएको छ, त्यसले एक पटक फेरी रोजगारीमा खतराको बादल मडारिएको देखाउँछ । अघिल्लो महिना प्राईस वाटर्स हाउस कर्क्पस्(पीडब्ल्युसी)को रिपोर्टमा संसारभरका ५० प्रतिशत कम्पनी छाटिने तयारी गरिरहेका छन् । सर्भेमा सहभागी आधा भन्दा बढी कम्पनीहरुले आफ्ना कर्मचारीहरुको संख्या कटौती गर्ने बताएका थिए । ४६ प्रतिशत कम्पनीले बोनस घटाउने वा नदिने बताएका थिए । यहि वर्षको जुलाईमा अमेरिकामा ३२ हजार टेक कर्मचारीहरुको जागिर गुमेको थियो । त्यस्ता कम्पनीहरुमा माइक्रोसफ्ट र मेटा जस्ता दिग्गज कम्पनी थिए । आगामी दिनमा अझै रफ्तारमा टेक कम्पनीहरुको जागिर गुम्न सक्छ । भारतमा पछिल्लो ६ महिनाामा स्टार्ट अप कम्पनीहरुबाट ११ हजार कर्मचारीको जागिर गुमेको थियो । यस्तै अवस्था रहे यो वर्ष समाप्त हुँदासम्म ६० हजार कर्मचारीहरुको रोजगारी गुम्न सक्ने देखिन्छ ।
घातक परिणामको नजरअन्दाज
कोभिड १९ पछि माग बढ्नु र युक्रेन–रुस युद्धले उर्जा आपूर्ति तथा खाद्यान्न सप्लाईको चेन बिगार्नुले महंगी बढेको हो । अधिकांश अर्थतन्त्रहरुका लागि महंगी नै घाँटीको पासो बनिरहेको छ । संसार भरका केन्द्रिय बैंकहरु ब्याजदर बढाएर महंगी नियन्त्रण गर्ने प्रयासमा लागिपरका छन् । यदि ब्याजदर यसै गरि बढाउने हो भने आर्थिक गतिबिधी कम हुन्छ र त्यसले मन्दिको खतरा बढाउँछ । अघिल्लो विश्वव्यापी मन्दि सन २००८ मा इन्भेष्टमेन्ट बैंक लेहम्यन ब्रदर्श डुबेर सुरु भएको थियो । करिब २ वर्षसम्म त्यसको असर विश्प अर्थतन्त्रमा देखा परेको थियो । र यो अमेरिकी बजारको सब–प्राइम क्राइसिसको नतिजा थियो । तर विश्व अर्थतन्त्र दोश्रो पटक मन्दिको शिकार बन्यो भने त्यो घातक सावित हुनेछ । किन की कोभिडपछि आर्थिक रिकभरीले अहिलेसम्म रफ्तार समाउन सकेकै छैन् । यो मन्दिले पहिलेको भन्दा निकै ठूलो उथलपूथल सृजना गर्नेछ ।-बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस्