पोखरा । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौँलागाई निर्वाचित भएका छन् ।
यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादब तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् ।
साथै, महाधिवेसनले आगामी दिनका लागि नीति तथा पेसागत क्षेत्रका जल्दाबल्दा विषय सहितका प्रस्ताबहरु समेत पारित गरेको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल बैंक भित्रको सबैभन्दा जेठो र कर्मचारीहरुको हक हितको पक्षमा जोडदार रुपमा आवाज उठाउंदै आईरहेको क्रियाशिल ट्रेड युनियन हो ।
प्रतिक्रिया दिनुहोस्