Shikhar Insurance
National Life

विप्रेषण आप्रवाह २०.३ प्रतिशत वृद्धि, साउन महिनामै ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रियो

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पठाउने रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २०.३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आवको पहिलो महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांक अनुसार अघिल्लो आवमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो चालु आवको पहिलो महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतलेवृद्धि भई रु.१०१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्