काठमाडौं । आजबाट दर्ता नर्भका अबैध तथा चोरीका मोबाइलहरु चल्ने छैनन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागु गरेसँगै अबैध मोबाइल नचल्ने भएका हुन् । आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो प्रणाली आरम्भ भएको घोषणा गर्नेछन् ।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपाल गर्न नदिने उच्च प्रविधि हो । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ र दर्ता नभएका मोवाइल सञ्चालन हुने छैनन् ।
यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्