Skip to content
Shikhar Insurance
National Life

मंगलबारको सेयर बजारमा लगानीकर्ता मालामाल बनाउने १० कम्पनी, कुनकाे कतिले मूल्य बढ्याे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार सेयर बजार दोहोरो अंकले बढेछ । दाेहाेराे अंकले बढेकाे मंगलबारकाे बजारमा १० कम्पनीमा लगानी गर्नेहरू मालामाल भएका छन् ।

गत साताको सोमबारदेखि निरन्तर रुपमा घटेको सेयर बजार आठौं दिनको कारोबारमा भने दोहोरो अंकले थियाे । जसमा ३ वटा हाइड्रोपावर र ३ वटा लघुवित्त सहित १० कम्पनीले सर्वाधिक कमाएका हुन् ।

मंगलबारकाे सेयर बजारमा सबैभन्दा बढी कमाउनेमा बोटलर्स नेपाल कम्पनी, मैलुङखोला जलविद्युत, सानीमा लार्ज क्यापिटल फण्ड, यूनिभर्सल पावर, रिभर फल्स पावर, मितेरी डेभलपमेण्ट बैंक, गणपति लघुवित्त, कालिका लघुवित्त, माहुली लघुवित्त र नबील इक्वीटी फण्डका लगानीकर्ताहरू रहेका छन् । यी कम्पनीको सेयर मुल्य ३.६२ प्रतिशत देखि १० प्रतिशतसम्म मुल्य वृद्धि भएको हाे ।

मंगलबारको सेयर बजारमा बोटलर्स नेपाल कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको सेयर धनीहरुले सेयर मूल्य सर्वाधिक १० प्रतिशत अर्थात १९४ रुपैयाँ १० पैसाले बढेर २ हजार १३६ रुपैयाँमा बन्द भएको हो । यस्तै, मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य ३८ रुपैयाँ अर्थात ७.७६ प्रतिशतले बढेको छ ।

यसदिन सानीमा लार्ज क्यापिटल फण्ड ०.५१ रुपैयाँ अर्थात ६.६७ प्रतिशतले बढेको छ । यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य १० रुपैयाँ ४० पैसा अर्थात ४.६७ प्रतिशतले बढेको छ । साथै रिभर फल्स पावरको १० रुपैयाँ १० पैसा अर्थात ४.२४ प्रतिशत, मितेरी डेभलपमेण्ट बैंकको १४ रुपैयाँ ९० पैसा अर्थात ४.१२ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्थाको ३४ रुपैयाँ ७० पैसा अर्थात ४.०३ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको ३८ रुपैयाँ ९० पैसा अर्थात ३.९८ प्रतिशत, माहुली लघुवित्त वित्तीय संस्थाको ३९ रपैयाँ ७० पैसा अर्थात ३.६९ प्रतिशत, नबील इक्वीटी फण्ड ०.३२ पैसा अर्थात ३.६२ प्रतिशतले सेयर मूल्य बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्