Shikhar Insurance
National Life

६ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १४:२८
Hyundai
NCELL
NIMB

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा ६ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् ।

सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र २ सय ३९ ट्याङ्करको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा १ करोड २० लाख ४६ हजार ८ सय ८१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्