Skip to content
Shikhar Insurance
National Life

शिवम् सिमेन्ट्सले छ महिनामा कमायो ५८ करोड ९६ लाख नाफा, अरु सूचक कस्ता ?

Hyundai
NCELL
NIMB

काठमाडौं । शिवभ् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम्ले गत आर्थिक वर्षको सोही अवधीमा ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। शिवम्ले गत आवको दोश्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधीमा आफ्नो नाफा १६.१३ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

कम्पनीको बिक्री आम्दानी घटेपनि अन्य खर्चहरु कटौती र बैंक ब्याज न्युन बिन्दुमा आउँदा नाफा बढेको देखिन्छ। कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल खर्च ९ करोड ४२ लाख घटाएको छ । ब्याज खर्च पनि ८३ प्रतिशतले घटेको छ । ब्याजदर घट्दा ७ करोड ७३ लाख रुपैयाँ जोगिएको देखिन्छ ।

शिवमले पुस मसान्तसम्ममा आफ्ना उत्पादन बिक्री गरेर ४ अर्ब २५ करोड ५९ लाख आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.३६ प्रतिशत कम हो । गत आवको यसै अवधिमा कम्पनीले उत्पादन बिक्री मार्फत ४ अर्ब ६९ करोड ५६ लाख आम्दानी गर्न सफल भएको थियो ।

कम्पनीले अन्य कम्पनीहरुमा ३ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको ऋण रकम ९४ करोड देखिन्छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको शिवम्को जगेडाकोषमा ४ अर्ब ५६ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्