Skip to content
Shikhar Insurance
National Life

प्रतिकेजी ७ रुपैयाँ कममा खाद्य तथा व्यापार कम्पनीले असोज १ गतेदेखि खाद्यान्न बेच्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी ७ रुपैयाँ कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो ।

हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी ७ रुपैयाँ कमका दरले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए। कम्पनीले प्रतिकेजी जीरा स्टिम मसिनो ८५ रुपैयाँ, अरुवा मध्यम ६२ रुपैयाँ, अरुवा मोटो ५८ रुपैयाँ, बास्मती ११० रुपैयाँ, सोनामन्सुली ६५ रुपैयाँ, अरुवा मकावनपुर ६० रुपैयाँ मा विक्री गर्दै आएको छ । २० केजी चामलको १४० रुपैयाँ, २५ केजीको १७५ रुपैयाँ, ३० केजीको २१० रुपैयाँ छुटमा वितरण गरिने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्