Shikhar Insurance
National Life

६० अर्ब रुपैयाँ बराबरको फर्निचर जन्य सामग्रीको कारोबार हुँदा ५० प्रतिशत आयात

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए ।

मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइँन्छ । प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ । प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ ।

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । सङ्घले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्