Shikhar Insurance
National Life

नेप्से सामान्य अंकले घट्यो कारोबार रकम भने बढ्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । सोमबार देखि निरन्तर घटेको नेप्से परिसूचक आज चौथो दिन पनि घटेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक २.१३ अंकले घटेर १,९३७.७४ को विन्दुमा बन्द भएको छ । मध्यान्हपछि नेप्से परिसूचक अधिकंश समय सकारात्मक रहेको भए पनि अन्तिम समयमा घटेर बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ को विन्दुमा बन्द भएको हो ।

दिनभरिमा २२७ कम्पनीको १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार नेप्से परिसुचक सामान्य अंकले घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको कारोबारमा ८२ करोड रुपैयाँमा सिमीत रहेको सेयर बजार बिहीबार भने १ अर्ब  माथि सेयर कारोबार भएको छ ।

कारोबारमा आएको ११७ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बढेको मध्ये सबैभन्दा बढी ग्लोवल आईएमई लघुवित्तको सेयर मूल्य रहेको छ । लघुवित्तको सेयर मूल्य ४.४९ प्रतिशतले बढेको हो । सामुदायीक लघुवित्तको सेयरधनीहरुले सबैभन्दा बढी ६.४९ प्रतिशतले सेयर मूल्य गुमायका छन् ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको १३ करोड १० लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको ४ करोड ४४ लाख ८१ हजार, नबील बैंकको ३ करोड ३५ लाख ५ हजार, प्रईम कर्मसियल बैंकको २ करोड ९३ लाख १० हजार र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ वटा समूहगत उपसूचक मध्ये ६ वटा परिसूचकको मूल्य बढेको छ । भने बाँकी ७ वटा परिसूचकको मूल्य घटेको छ । बढेको मध्ये फाइनान्स उपसमूह सबैभन्दा बढी १.३७ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्