काठमाडौं । बिजुली नपुगेकाे ठाँउमा सौर्य उर्जाले उज्यालो छर्न शुरु गरेकाे छ । सामाजिक उद्दम कम्पनीकाे रुपमा सन् २०१०, मा स्थापना भएको घाम पावर नेपालले ग्रिडबाट बिजुली नपुगेका ग्रामीण भेगमा सौर्य उर्जा मार्फत् जीवनमा उज्यालो छर्दै आइरहेको हाे ।
सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ । सौर्य सिंचाइ प्रणाली सँगसँगै व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको छ ।
त्यसै गरि सन् २०२२ देखि मोबाइल एप ‘सुपर कृषक’ मार्फत् कसरी व्यक्तिगत डिजिटल कृषि सल्लाह दिन सकिन्छ भनेर अनुसन्धान गरिरहेको छ । डिजिटल कृषिमा काम गर्ने संघ संस्था एबंम् सरोकारवालाहरू सँग यहि भदौ ३१ गते शुक्रबार एक दिनको कार्यशाला गोष्ठी ‘डिजी कृषि’ आयोजना गर्न लागिरहेको छ ।
यस गोष्ठीको प्रमुख उद्देश्य भनेको डिजिटल कृषिमा काम गर्दै आएका सरोकारवालाहरू – सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू लाई एक ठाउँमा लिएर आइ नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्नु हो ।
प्रतिक्रिया दिनुहोस्