राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर २ करोड ६५ लाख ५५ हजार ७ सय ४८ रुपैयाँ असुलउपर गरेको छ ।
कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका ९ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताए । ४ करोड ८४ लाख ८३ हजार ९ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुनः जडान गरिएबापत अहिले तत्काल २ करोड ६५ लाख ५५ हजार ७ सय ४८ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिए । ६ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उनले बताए ।
कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताए । उनले भने, विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।”चुहावटबाट २० लाख ८४ हजार ४ सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गरे ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छनु । इन्टरनेटको पहुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्