Skip to content
Shikhar Insurance
National Life

किर्ते जालसाजीपूर्ण कागजातमा बीमा गर्दै दावी भुक्तानी नगर्ने समितिको निर्देशन

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई किर्ते जालसाजीपूर्ण कागजातमा बीमा गर्दै दावी भुक्तानी नगर्ने समितिको निर्देशन दिएको छ । बुधबार समितिले एक परिपत्र जारी गर्दै कम्पनीहरुलाई जोखिमांक तथा दावी भुक्तानी सम्बन्धी निर्देशनहरु पूर्ण पालना गर्न निर्देशन दिएको हो ।

बीमा व्यवसायसँग सम्बध्द विभिन्न व्यक्ति, समूह तथा संस्थाहरू मार्फत् पेश भएका कितें जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमादावी भुक्तानी हुने गरेको पाईएको समितिले उल्लेख सो निदेृशन दिएको हो । समितिद्वारा जारी परिपत्रमा भनिएको छ ‘बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पिडित हुन गई बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमाक्षेत्रको शाखमा समेत हास आउने स्थिति रहेको छ । यस प्रकारका गलत क्रियाकलापहरू हुन नदिन र बीमालेखको जोखिमाइन तथा दावी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्ने तर्फ आवश्यक व्यवस्था मिलाउन हुन जानकारी गराईएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उल्लिखित विषयका सम्बन्धमा सम्पूर्ण बीमकहरूले, बीमकका कर्मचारी, अभिकर्ता, बीमित, प्रस्तावक तथा सम्बध्द सबै व्यक्ति तथा संस्थाहरूको ध्यानाकर्षण हुने सन्देशमुलकसार्वजनिक सूचना तयार गरी कारोबार हुने स्थानमा सबैले प्रष्टरूपमा देख्ने गरी टाँस गर्न समितिले निर्देशन दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE