काठमाडौं । सर्वाेच्च अदालतले कमल थाप नेतृत्वको राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको हो ।
यस अघि सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न भनेको थियो । मंगलबार सर्वाेच्चले अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्ने बाटो खोदिएको हो ।
कमल थापाको बिरोध
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको निर्णय पालना गर्ने तर त्यो निर्णयले आफुलाई अचम्मित बनाएको बताएका छन् ।
उनले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अदालतको आदेश कुन कानुनका आधारमा आएको हो भनि प्रश्न समेत गरेका छन् । उनले नेपाललाई सनातन हिन्दु राष्ट्र बन्न नदिने षडयन्त्रबाट यस्तो आदेश जारी भएको आरोप पनि लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्