Skip to content
Shikhar Insurance
National Life

सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८.७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरुले पाउँनेछन् । कम्पनीको सो लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको असोज ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्