काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने मिति थप गरिएको छ । कम्पनीले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने मिति लम्बिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्