Shikhar Insurance
National Life

एक सातामै वाणिज्य बैंकहरुमा ११ अर्ब निक्षेप भित्रियो, सीडी बोडर लाइनमा राखी कति कर्जा प्रवाह ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुमा साता दिनमै ११ अर्ब रुपैयाँ बढीले निक्षेप बढेको छ । वाणिज्य बैंकहरको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत भदौ १० गतेदेखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थप भएको हो ।

गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन भदौ १७ गतेसम्म आइपूदा ४४ खर्ब ३७ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा वाणिज्य बैंकहरुले थप १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ १० गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७९ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा १ अर्ब ६७ करोड रुपैयाँ थप गरी भदौ १७ गवतेसम्म ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ पुर्याएका हुन् ।

भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औषतमा ८८.२५ प्रतिशत कायम गरी कारोबार गरेका छन् ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४४ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसअनुसार भदौको १७ दिनमा भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब ९ करोड रुपैयाँमात्रै थप हुँदा ४ अर्ब ७० करोड रुपैयाँ कर्जा थप भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्