काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार छापावल सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन ९३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ अघिल्लो दिन तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारम सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्