काठमाडौं । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा(एकिकृत समाजवादी)का नेता सोम प्रसाद पाण्डे र एमाले नेता ठाकुर गैरैको भिडन्त पक्का भएको छ । एमालेले मंसिर ४ गतेको चुनावमा गैरेलाई उम्मेदवार बनाउन एकल सिफारिस गरेको छ । उता, सोही क्षेत्रबाट सांसद रहेका एकिकृत समाजवादीका नेता पाण्डेलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निश्चित भएको छ । सत्तारुढ गठबन्धनबीच २०७४ को निर्वाचनमा जुन पार्टीले जहाँ जितेको थियो उक्त क्षेत्र सोही पार्टीलाई छाड्ने समझदारी भैसकेको छ ।
पाण्डेले भुगोलमा निकै राम्रो सम्बन्ध र सम्पर्क सञ्जाल विस्तार गरेका छन् । उता, गैरे भने विद्यार्थी राजनीतिबाट उदायका नेता हुन्, उनको काठमाडौंमा निकै राम्रो चर्चा हुने गरे पनि मतदाताबीच खासै सम्बन्ध छैन् । तर पाण्डे भने पटक पटक सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । उनी २०७३ सालमा केपी ओली नेतृत्वको सरकारमा उद्योग मन्त्री समेत भएका थिए । पाल्पालीको स साना समस्याहरुमा समेत चासो राखेर समाधानका लागि आफैं उपस्थित भैदिने पाण्डेको शैलीले उनलाई चुनाव जित्न सहज बनाउने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्