काठमाडौं । खप्तड लघुवित्तको आईपीओ भोली सोमबार(भदौ २० गते) बाँडफाँड हुने भएको छ । लघुवित्तले भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गरेको थियो ।
लघुवित्तले अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । लघुवित्तको सो आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा सोमबार बिहान १० बजे बाँडफाँड हुने भएको हो ।
लघुवित्तले निष्काशन गरेको कुल आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषका लागि वितरण गरि बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि वितरण गरिनेछ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ । लघुवित्तको आईपीओ न्युनतम १० कित्ताका दरले वितरण गरिनेछ । यस अनुसार १२ हजार ३ सय ४० जना आवेदकले मात्रै सेयर पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्