काठमाडौं । काठमाडौं महानगरपालीका मेयर बालेन्द्र शाह (बालेन)को आँखा अव काठमाडौंका कर नतिर्ने तारे होटलका क्यासिनो तिर गएको छ । काठमाडौंका पाँचतारे होटलहरुमा संचालन रहेका क्यासीनोहरुले मनोरन्जन वापतको कर नतिरेका कारण काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न क्यासिनोलाई पत्राचार गरेको छ ।
आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।
महानगरका राजस्व विभागका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्