Shikhar Insurance
National Life

आइतबार सामान्य अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ६.६८ अंकले बढेर १,९७७.३० को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.५७ अंकले बढेर ३८३.७७ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरीमा २२७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८ड कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १३३ कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मुल्य घटेको छ । भने, १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, नेपाल टेलिकमको ६ करोड ५३ लाख ३७ हजार, नबील बैंकको ६ करोड ३० लाख ४९ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख १६ हजार र हिमालयन डिस्टिलरीको ३ करोड ९ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आइतबारको सेयर बजारमा रुरु जलविद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभल अर्थात १० प्रतिशतले बढेको हो । यस बहेक हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.१८ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको ८.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

समूहगत उपसूचकहरु ९ वटा बढेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्