काठमाडौं । नेपाल एसबिआई बैंकको २४ लाख कित्ता डिबेन्चर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २४ लाख १ हजार ४ सय ८२ कित्ता डिबेन्चर नेप्सेमा सूचिकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज र बैंकबीच शुक्रबार सूचिकरण सम्झौता भएको हो । शुक्रबार सूचिकृत डिबेन्चर आज आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
बैंकको सो डिबेन्चर ५ बर्ष अवधिको लागि रहेको छ । बैंकले डिबेन्चरबापत लगानीकर्ताहरुलाई वार्षिक १०.२३ प्रतिशत ब्याज दिनेछ ।
नेप्सेले बैंकको सो डिबेन्चरको सिम्बोल एसबिआइडी ८३ दिएको छ । बैंकको डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटललाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्