काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर २०० जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ३६ संक्रमित थपिएका हुन् ।
यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र २७ जना छन् । यस्तै, ललितपुरमा ६ र भक्तपुरमा तीन संक्रमित थपिएका हुन् ।
यो अवधिमा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३३९ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्