Shikhar Insurance
National Life

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र सकियो

सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्सपोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । ।

काठमाण्डौको भृकुटी मण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने एक्सपोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको छ । नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालका अनुसार लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधानको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्