काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सन इन्फोटेक लिमिटेडको संयोजनमा भदौ १७ गते एनसीसी बैंकले झापा दमकको ढुकुरपानी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालसहति एनसीसी बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीसहित सैयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो । बैंकले आफ्नाबारेमा जानकारीसहित निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए । साथै, उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको पनि उपस्थिति थियो ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्